Logo

अन्तर्राष्ट्रिय

चेल्सी र लिभरपुलको बराबरी



काठमाडौं । प्रिमियर लिगको नयाँ सिजनमा चेल्सी र लिभरपुलबीचको खेल रोमाञ्चक बराबरीमा सकिएको छ । आइतबार साँझ भएको खेल १–१ को बराबरीमा टुङ्गिएपछि दुवै टोलीले अङ्क बाँड्न बाध्य बनेका हुन् ।

चेल्सीको मैदान स्ट्याम्फोर्ड ब्रिजमा भएको खेलमा भएको खेलमा लिभरपुलले एक गोलको अग्रता जोगाउन सकेन । खेलको १८ औं मिनेटमा डियाजले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । उनले मोहम्मद सलाहको पासको सदुपयोग गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलको ३७ औं मिनेटमा चेल्सीले खेल बराबरी गर्न सफल भयो । उसका लागि चिलवेलको पासमा डिसासीले गोल गर्न सफल भए ।

पुरै खेलमा ६५ प्रतिशत बल पोसेसन बनाएको चेल्सीले कुल चार प्रहार गर्दा तीन प्रहार गोलमा परिणत गर्न सकेन । यता लिभरपुलले भने एक सट अन तार्गेट गर्दा एक गोल गरेको थियो ।

यो बराबरीपछि दुबैले एक एक अंक बनाएका छन । नयाँ सिजनको सुरुवातमा ६ टिमले शत प्रतिशत नतिजा निकालेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार १०:५१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।