Logo

अर्थ

कुशल व्यवसाय परामर्श केन्द्रमार्फत सीप सिकेर ३८८ युवाहरू बने स्वरोजगार



काडमाडौं । कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्रमार्पत सीप विकास तालिम लिएका ३ सय ८८ युवा युवती स्वरोजगार बनेका छन् । केन्द्रले सीपमुलक तालिम नपाएर बेरोजगार बनेका अति विपन्न वर्गका ३ सय ८८ जना युवा युवतीलाई सीप दिएर स्वरोजगार बनाएको हो।

सीटीईभीटीईबाट सहभागीको ईच्छा अनुसार नै विभिन्न सीप हासिल गरेका सहभागीहरुले बेरोजगारबाट स्वरोजगार भएर घर चलाउन सक्षम बनेको बताएका छन्। उनीहरूले संघ, प्रदेश र स्थानीय सरकारले बेरोजगारी अन्त्य गर्न समेत सीपमूलक तालिम दिनुपर्ने भए पनि एक निजी स्तरको संस्थाले गरेको कार्य अतुलनीय रहेको ब्युटिसियन मलिसा घिसिङले बताइन् ।

दक्षताको प्रमाण–पत्र वितरण तथा अनुभव आदान प्रदान कार्यक्रममा घिसिङ जस्ता अधिकांश सहभागीले महिनाको ३०–४० हजार कमाउन अब सीप सहयोगी भएको बताए।

केन्द्रले आयोजना गरेको अनुभव आदान प्रदान कार्यक्रममा विभिन्न विधामा सीप लिएका बारा, पर्सा र रौतहटका ३ सय ८८ जना उद्यमीहरुलाई एकै स्थानमा भेला गराएर प्रमाणपत्र वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले सीप बिना मानिसको जीवन निरर्थक हुने बताए । कुशल तालिम केन्द्रले सीप प्रदान गरेर स्वदेशमै रोजगारी सृजना गर्ने वातावरण तयार पारेको र यसले देशको अर्थतन्त्रमा ठूलो टेवा पुगेको मैनालीले बताए।

कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्रले आर्क वेल्डर, प्लम्बर, राजमिस्त्री, मोटरसाइकल सर्भिस मेकानिक्स, टेलरिङ्ग, व्युटिसियन, इलेक्ट्रिसियन, बेमौसमी तरकारी तालिम जस्ता गरी ८ वटा विधामा ३ सय ८८ जना उद्यमीहरुलाई तालिम प्रदान गरेको थियो ।

कुशल तालिम केन्द्रका कार्यकारी निर्देशक सरोज कोइरालाको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजसेवी तथा कुशलको सल्लाहकार सावित्री भारती, सहकारी डेरी मार्फत उत्कृष्ट कार्य गरेबापत थानेश्वर सापकोटा, समाजसेवी तथा फास्ट ट्रयाक अभियन्ता रविराज दंगाल, केरा खेती विस्तारको क्षेत्रमा हिरा सारु मगरलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार २०:१५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।