Logo

अर्थ

चन्द्रागिरी हिल्सको नाफा ७९६.३९ प्रतिशतले बढ्यो



काठमाडौँ । चन्द्रागिरी हिल्स कम्पनीले गत आर्थिक वर्षमा ७ सय ९६.३९ प्रतिशतले नाफा आर्जन गरेको छ ।

अघिल्लो आवको असार मसान्तसम्मको तुलनामा गत आवमा कम्पनीको नाफा ७९६.३९ प्रतिशतले बढेर १५ करोड ११ लाख ६२ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा १ करोड ६८ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको सञ्चालन आम्दानी ६६ करोड ८९ लाख ७८ हजार रुपैयाँबाट बढेर ९१ करोड ३४ लाख १७ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको कुल नाफा ७९ करोड ६० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा ५६ करोड ४० लाख ४७ हजार रुपैयाँ रहेको थियो । बिक्री लागत १२ करोड ८ लाख १७ हजार रुपैयाँ रहेको छ ।

१ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोष भने २३ करोड ४४ लाख ७१ हजार रुपैयाँ ऋणात्मक रहेको छ । प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८५ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ८४ रुपैयाँ ७२ पैसा रहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलवार १२:२८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।