Logo

अन्तर्राष्ट्रिय

अक्षय कुमारले पाए भारतीय नागरिकता



एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् । उनले आफ्नो ट्विटरमा भारतीय नागरिकताको प्रमाण पत्रको तस्बिर साझा गर्दै यसबारे जानकारी दिएका हुन् ।

अक्षय कुमारले यस तस्बिरसँगै लेखेका छन्, ‘मन र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना । जय हिन्द ।’

अक्षय कुमार क्यानडाका नागरिक थिए । अक्षय कुमारकाे नागरिकतालाई लिएर सामाजिक सञ्जालमा प्रयाेगकर्ताहरूले प्रश्न उठाउँदै आएका थिए ।

 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलवार १३:३६   :  बजे

345
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।