Logo

बैंकिङ

नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु नियुक्त भएका छन् । हिजाे (साेमबार) बसेको सञ्चालक समितिको बैठकले सञ्चालक मलेकुलाई अध्यक्षमा नियुक्त गरेको हो ।

यसअघि अध्यक्ष रहेका रामप्रसाद रूपाखेती र सञ्चालक रमेश पौडेलले राजीनामा दिएका थिए । उनीहरूले दिएको राजीनामा सञ्चालक समितिबाट स्वीकृति भइसकेको बैंकले जनाएको छ।

मलेकु संस्थापक समूहबाट सञ्चालका नियुक्त भएका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलवार २०:४६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।