काठमाडौं । बलिउड अभिनेता अभिषेक बच्चनले आगामी एसिया कपका लागि नेपाली क्रिकेट टीमलाई शुभकामना दिएका छन् । आफ्नो आगामी फिल्म ‘घुमर’ रिलिजको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै उनले क्रिकेट कथावस्तु बारेको यो फिल्म प्रेरणादायी र दर्शनीय रहेको समेत बताए ।
‘यो फिल्मको पृष्ठभूमि क्रिकेटको कथावस्तुमा आधारित छ । नेपाली दर्शकको लागि प्रेरणादायी र दर्शनीय पनि हुनसक्छ भन्ने विश्वास लिएको छु’ बच्चनले भने, ‘नेपाली क्रिकेट टीमलाई एसिया कपको पनि लागि शुभकामना ।’
अभिनेता बच्चनले नेपाल आउने सानैदेखिको सपना रहेको बताउँदै चाँडै नेपाल घुम्न आउनको लागि अधैर्य समेत रहेको बताए । आर बल्की निर्देशित यो फिल्ममा अभिषेकसहित सबाना आजमी, सायमी खेर, अंगद बेदीको शीर्ष भूमिका छ ।





















प्रतिक्रिया