Logo

अर्थ

प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई ‘टोटल फिजिकल फिटनेस सेन्टर’मा बम्पर छुट



काठमाडौं । प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकको शारीरिक व्यायमका लागि टोटल फिजिकल फिटनेस सेन्टरसँग सम्झौता गरेको छ ।

गत साउन ३१ गते सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र टोटल फिजिकल फिटनेस सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक सुमन पण्डितले हस्ताक्षर गरेका छन् ।

क्यापिटलका ग्राहकले उक्त फिटनेस सेन्टरमा सेवा लिँदा २८ प्रतिशतसम्म छुट पाउनका साथै निःशुल्क साउना कुपन पाउने भएका छन् ।

यो योजनाबाट लाभ लिन हितग्राहीले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेका जानकारीसहित हितग्राही खाता नम्बर उक्त फिटनेस सेन्टरलाई उपलब्ध गराउनुपर्नेछ । यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट ५ वर्षसम्म लिन सक्नेछन् ।

काठमाण्डौको नयाँबानेश्वरमा रहेको टोटल फिजिकल फिटनेस सेन्टर अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ । यस फिटनेस सेन्टरमा फ्लेक्स र टोन, तौल घटाउने, को–एड बक्सिङ, बर्न्स र एब्स, स्पिनिङ, किक बक्सिङ, स्टेप एन्ड टोन, कार्डियो, जुम्बा, योग र जिम जस्ता विभिन्न उपकरण छन् ।

उक्त फिटनेस सेन्टरमा भर्ना भएपश्चात सुरुमा ७ दिनको प्रशिक्षण कार्यक्रम सञ्चालन हुने र अन्य दिनमा समेत प्रशिक्षकको निगरानीमा सम्पूर्ण व्यायमहरु गर्न पाइनेछ। खानपानमा समेत ध्यान दिँदै फिटनेस सेन्टरमा डायटिसियनको पनि व्यवस्था रहेको क्यापिटलले जनाएको छ ।

प्रभु क्यापिटलले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सहज तरिकाले सेवा प्रदान गर्दछ। हाल प्रभु क्यापिटलले २ लाख ३० हजार माथि हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार ११:०८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।