Logo

खेलकुद

महिला विश्वकप फुटबलको उपाधि पहिलाे पटक स्पेनलाई



काठमाडाैं । फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ । आइतबार अष्ट्रेलिया स्टेडियममा इङ्ल्याण्डलाई १–० गोल अन्तरले हराउँदै स्पेनले उपाधि उचालेको हो ।

स्पेनको जितमा २९औं मिनेटमा ओल्गा कार्मुनाले विजयी गोल गरिन् । उपाधि भिडन्तमा स्पेनले शानदार प्रर्दशन गर्यो । बल पोजिसनमा उत्कृष्ट देखिएको स्पेनले गोलका धेरै अवसर सिर्जना गरेको थियो ।

पहिलो हाफमा फरवार्ड लौरिन हेम्पको प्रहार स्पेनको पोस्टमा लागेर फर्कनु इङ्ल्याण्डका लागि निकै महङ्गो पर्यो । सह आयोजक अष्ट्रेलियालाई हराउँदै फाइनलमा स्थान बनाएको इङ्ल्याण्डले स्पेनकाे चुनौती पन्छाउन भने सकेन ।

स्पेनले पहिलो पटक महिला विश्वकपको उपाधि उचालेको हो । पुरुष र महिला दुवै टिमले विश्वकप जित्ने स्पेन दोस्रो देश बनेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आईतवार १९:४५   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।