काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एसिय कपमा भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट खेल्ने बताएका छन् । एसिया कप क्रिकेट खेल्न जाने टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले गरेको बिदाइ कार्यक्रममा उनले भारत र पाकिस्ताविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने बताएका हुन् ।
‘भारत र पाकिस्तान दुवैसँगको खेल एकदमै प्रतिस्पर्धी हुनेछ,’ उनले भने, ‘क्रिकेटमा जुनसुकै टिमले पनि जित्न सक्छ । त्यो दिन जसले राम्रो खेल्छ उसैले जित्ने हो । हामीले राम्रो खेल्यौं भने जित्छौं ।’
आफूहरू खेलका लागि मानसिक रुपमा पनि तयार रहेको बताए । ‘हामी मानसिक रुपमा पनि तयार छौं । १५ दिनको ब्रेकमा सबैले आफ्नो आफ्नो कमजोरीमा काम गरेका छन् । त्यसैले हामी उत्साहित र तयार छौं’, रोहितले भने । नेपाली टिमको आत्मविश्वास बलियो रहेकाले दुवै बलिया टिमसँग खेल्ने उत्साह रहेको रोहितले बताए ।
प्रशिक्षक मोन्टी देशाइ पनि यो प्रतियोगिताको लागि आफू निकै सकरात्मक रहेको बताए । ‘५/६ महिना हामी जित्ने मानसिकताले खेलिरहेका थियौं । म त्यो मानसिकता कहिल्यै परिवर्तन नहोस् र बारम्बार देखियोस् भन्ने चाहन्छु’, प्रशिक्षक देशाइले भने ।




















प्रतिक्रिया