Logo

अर्थ

सुनको मूल्य स्थिर हुँदा चाँदीको घट्यो, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । नेपाल बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।

आज सुनको मूल्यमा कुनै फेरबदल नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै प्रतितोला छापावाला सुन १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाला सुन १ लाख ११ हजार १०० रुपैयाँ र तोजबी सुन १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँ कायम भएको छ । हिजो तोलामा ३५ रुपैयाँले बढेर चाँदी १ हजार ४६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार ११:४०   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।