Logo

प्रमुख समाचार

नेपाल अन्तर्राष्ट्रियस्तरको तस्करी अखडा बनेको छ : शेखर कोइराला



विराटनगर । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले नेपाल विश्व तस्करहरूको अखडा बन्दै गएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६१ केजी सुनको प्रशंग कोट्याउँदै उनले यस्तो बताएका हुन् ।

नेपाल प्रेस युनियन मोरङको पदस्थापन कार्यक्रममा शनिबार कोइरालाले भने, ‘नेपाल अन्तर्राष्ट्रियस्तरको तस्करी अखडा बनेको छ । हङकङको विमानस्थबाट कसरी त्यत्रो सुन आयो ?’

नेताहरुले बोलेको कुरामा विश्वास घट्दै गएको भन्दै कोइरालाले भ्रष्टाचारमा संलग्नलाई दण्डित नगरे विश्वास नबढ्ने बताए । सुनकाण्डको छिनोफानो जनताले बुझ्ने गरी हुनुपर्ने उनको भनाइ छ ।

नेता कोइरालाले नेपालमा धार्मिक सद्भाव भड्काउने प्रयास भइरहेको पनि बताए । सद्भाव बिग्रिने अवस्था बनेको भन्दै उनले धार्मिक सद्भाव कायम राख्न आवश्यक भएको बताए । ‘संविधानमा केही कुरा लेखिएका छन् धर्मबारे पनि । सद्भाव खल्बल्याउने काम स्वीकार्य हुँदैन’, उनले भने ।

नेता कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुमत दिए जातीय पहिचानको प्रदेश दिने भनेर बोल्नु कति उचित थियो भन्ने प्रश्न गरे । प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले अफ्ठ्यारो परिस्थिति आउने उनको भनाइ थियो । यी सबै विषयमा समीक्षक बनेर पत्रकारले राज्य र नेताहरूलाई सचेत गराउनु पर्ने नेता काइरालाको आग्रह थियो ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार १४:२१   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।