Logo

प्रमुख समाचार

सत्ता, शक्ति, नाता र सम्बन्धका आधारमा ‘भ्रष्टाचारको नेक्सस’ बनिरहेको छ : गगन थापा



काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले शासन सत्ता, शक्ति र पहुँच, नाता र सम्बन्धका आधारमा ‘भ्रष्टाचारको नेक्सस’ बनिरहेको बताएका छन् । एकपछि अर्को काण्डहरू सार्वजनिक भइरहेको भन्दै महामन्त्री थापाले संरचनागत संयन्त्रहरूमा देखिएको ‘लुपहोल’ भ्रष्टाचार मौलाएको बताएका छन् ।

ठूला भ्रष्टाचारका काण्ड सामसुम पार्न ठूलाहरू मिल्ने गरेको र सत्ता बार्गेनिङको टुल बनाइने गरेको पनि उनको भनाइ छ । महामन्त्री थापाले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत भेनका छन्, ‘यस्ता काण्डहरूमा सार्वजनिक रूपमा ठूलाहरूले चर्को बोल्ने, एक अर्कालाई तर्साउने, तर बिस्तारै बन्द कोठामा बसेर सामसुम पार्ने अनि अनुकूलतामा ‘सत्ता बार्गेनिङको टुलु बनाउने सम्भावना एकदमै देखिन्छ।’

भ्रष्टाचार अन्त्यका लागि पार्टीभित्र मात्र नभई अन्य दल र नागरिक आन्दोलनसँग पनि एकाकार हुनुपर्ने पनि महामन्त्री थापाको भनाइ छ । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संस्थामा हुने नियुक्तिदेखि क्षेत्राधिकारसम्म पनि बलियो बनाउनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार १८:३१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।