Logo

अर्थ

सोचेको जस्तो अर्थतन्त्र चलायमान भएको छैन : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोचेको जस्तो अर्थतन्त्र चलायमान नभएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित उपत्यका विशेष प्रदेश समिति प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा ठूलो दवाव भएको बताए ।

उनले भने ‘ अर्थतन्त्रमाथि भएको अहिलेको दवावको अन्त्य भएको छैन् । नेपाल अहिले पनि कतिपय सन्दर्भमा निकै ठूलो दवावमा छ । अर्थतन्त्र त्यति चलायमान भएको छैन् । सरकार र सरकारको नीतिप्रति, व्यवसायीहरु ढुक्क हुन सकेका छैनन् । ’

उनले आम जनतालाई विश्वासमा लिने आवश्यकता अझै पनि बाँकी भएको बताए ।

नेपालमा पछ्याएको विकासको मोडल पनि फेल भएको प्रधानमन्त्री दाहालको भनाइ छ । उनले भने ‘ नेपालले पछ्याईरहेको विकासको मोडल अन्तर्गत १६ औं मोडलमा छौं तर यो फेल भएको मोडल हो । यसले अग्रगति दिन सकेन, देशको अर्थतन्त्रमा यसले रुपान्तरण ल्याउन सकेन । यसमा आमूल परिवर्तन आवश्यक छ । ’

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार १०:४७   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।