काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक निर्धारित मितिबाट दुई दिन पर सर्ने भएको छ । असोज २ गतेका लागि बोलाइएको बैठक असोज ४ गते सार्ने तयारी भएको बताइएको छ ।
कांग्रेसका एक नेताका अनुसार अनुसार असोज २ मा ऋषि पञ्चमी र असोज ३ मा संविधान दिवस परेकाले बैठक दुई दिन पछि सार्ने तयारी भएको हो । साउन १० मा केन्द्रीय समिति बैठक सकिँदा सभापति शेरबहादुर देउवाले असोज २ मा केन्द्रीय समितिको बैठक बस्ने मिति सुनाएका थिए ।




















प्रतिक्रिया