Logo

खेलकुद

एसिया कप : भारतीय क्रिकेटर केएल राहुलले नेपालसँगकाे खेल नखेल्ने



काठमाडौं । एसिया कपमा भारतीय क्रिकेटर केएल राहुलले नेपालसँगको नखेल्ने भएका छन् । प्रमुख प्रशिक्षक राहुल द्रबिडका अनुसार चोटका कारण उनले एसिया कपका सुरुका दुई खेल खेल्न गुमाउने भएका हुन् ।

विकेट किपर ब्याटर केएल राहुलले नियमित प्रशिक्षण गरिरहेको र सुधार पनि भइरहेको द्रबिडले बताएका छन् । भारतले आफ्नो पहिलो खेल श्रीलंकामा पाकिस्तानसँग २ सेप्टेम्बरमा खेल्ने छ भने नेपालसँग ४ सेप्टेम्बरमा श्रीलंकामै खेल्दै छ ।

केएल राहुलको अनुपस्थितिमा इशान किसनले भारतका लागि विकेट किपिङ गर्ने छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार १६:२७   :  बजे

927
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।