Logo

अर्थ

माछापुच्छ्रे बैंकले घोषणा गर्‍यो लाभांश



काठमाडाैं । माछापुच्छ्रे बैंक आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ ।

माछापुच्छ्रे बैंक बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्ता पुँजीको कुल १४ प्रतिशतले हुन आउने १ अर्ब ४३ करोड ६० लाख १ हजार ७८१ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांशमा १३.३० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.७० प्रतिशतले हुन आउने नगद लाभांश छन् । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने बैंकले जनाएको छ ।

 

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार ११:४६   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।