काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यको क्षमता, राष्ट्रिय संरचनाको क्षमता, आर्थिक, सामाजिक नीतिलाई सशक्त ढंगबाट कार्यान्वयन गर्ने क्षमता र परराष्ट्र सम्बन्धलाई सशक्त ढंगले प्रस्तुत गर्ने क्षमता नेपालले विकसित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
बिहीबार इन्स्टिच्युट फर स्टाटेजी एन्ड सोसियो इकोनोमिक रिसर्चले आयोजना गरेको साना राज्यको क्षमतासम्बन्धी गोष्ठीमा नेपालमा नेभिगेटिङ प्रतिस्पर्धा र परराष्ट्र नीतिका प्राथमिकताहरुबारे सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘प्रतिस्पर्धाको बीचमा हामीले कसरी हाम्रो प्राथमिकता सेट गर्नुभन्दा अगाडि हामीले हाम्रो क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता छ ।’ यो क्षमता वृद्धि नभएकाले आर्थिक क्षेत्रमा विश्व समुदायले नेपाललाई ‘स्मल टाइनी’ उपाधि दिइरहेका छन् । हाम्रो अर्थतन्त्र सानो भएकाले यो विशेष मन्त्री डा. महतले बताए ।
‘सानो वा ठूलो देशले आफ्नो देशलाई केन्द्रविन्दूमा राखेर परराष्ट्र नीति सञ्चालन गरेका हुन्छन् । कस्तो खालको परराष्ट्र नीति अवलम्बन गर्दा राष्ट्रहित र राष्ट्रिय स्वार्थको परिपूर्ण हुन्छ, त्यसैका आधारमा परराष्ट्र नीति सञ्चालन हुनुपर्ने’ मन्त्री डा. महतले भने, ‘हामीले पनि त्यही गर्नुपर्छ । हामीले सोच्ने भनेकै देशका लागि हो ।’
चाइना, भारत वा अमेरिकासँग हामीले डिल गर्दा हामीले हाम्रा कुरालाई बढी प्राथमिकतामा राखेर कुरा गरियो भने नेपालले आफ्नो कुरा गरिरहेको छ भनेर उनीहरुले बुझ्छन्, त्यो स्वभाविक भएको उनले बताए ।
हामीले हाम्रा कुरा सुस्पष्ट, आधार र तथ्यांकसहित प्रस्तुत हुनुपर्ने उनको भनाइ छ । कार्यक्रममा उनले भने, ‘यो आवश्यकता र अधिकार हो भनेर प्रस्तुत हुने हो भने हामीले धेरै अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुनेछ । गुडविललाई हामीले सहयोगमा रुपान्तरण गर्न सक्छौं । यो सम्भावनालाई हामीले पूर्णरुपमा उपयोग गर्न सकेका छैनौं ।’
यसरी सुस्पष्ट ढंगले प्रस्तुत हुने हो भने छिमेकले कतै नेपाल मेरो विरुद्धमा त छैन भनेर प्रश्न गर्न सक्छन्, त्यसबाट हामी मुक्त हुन्छौं, मन्त्री डा. महतले भने, ‘हामी कुनै पनि मित्र राष्ट्रविरुद्ध प्रयोग हुँदैनौं, हामीले हाम्रो हित मात्र हेरिरहेका छौं बुझाइ हुन्छ ।’




















प्रतिक्रिया