Logo

शिक्षा

शुक्रबार सार्वजनिक बिदा नदिएका विद्यालयलाई महानगरले कारबाही गर्ने



भदौ १५ गते दिएको सार्वजनिक बिदामा बिदा नदिएका विद्यालयलाई काठमाडौं महानगरपालिकाले कारबाही गर्ने भएको छ ।

महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले एक विज्ञप्तिमा जारी गर्दै महानगरको सूचना उल्लंघन गर्दै बिदा नदिइएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै स्थानीय सरकारले गरेको निर्णय पालना नगरेमा प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएका छन् ।

‘स्थानीय सरकारले गरेको निर्णय अनिवार्य रुपमा पालना गर्न सबैमा अनुरोध गर्दै यो सूचना विपरीत गरेमा प्रचलित कानूनबमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ’, सूचनामा भनिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार ०९:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।