काठमाडौं । नेपाल तरुण दल महाधिवेशन अबको ८ महिनाभित्र हुने भएकाे छ । शुक्रबार तरुण दल सिन्धुपाल्चोक कार्यसमितिले आयोजना गरेको कार्यक्रम केन्द्रीय अध्यक्ष विद्वान गुरुङले यसबारे जानकारी गराएका हुन् ।
अध्यक्ष गुरुङले अबकाे ८ महिनाभित्र महाधिवेशन गर्ने चुनौती र अवसर रहेको बताए । उनले भने, ‘नेपाल तरुण दलको अबको आठ महिनाभित्र हामी महाधिवेशन गर्ने नै छौँ । अब हामीले काम गर्ने समय भनेको जम्मा आठ महिना हो ।’
अध्यक्ष गुरुङले पार्टी सभापति र केन्द्रीय कार्यसमितिको शिर झुक्न नदिएर आफूले काम गर्ने बताएका छन् । उनले महाधिवेशनलाई केन्द्रमा राखेर काम गर्न केन्द्रीय सदस्य, जिल्ला अध्यक्षसहित मातहतलाई निर्देशन दिएका छन् ।
गुरुङले कांग्रेसलाई बचाउन इतिहासलाई स्मरण गर्नुपर्ने बताएका छन् । उनले भने, ‘कांग्रेसलाई चोट पुगेको छ । त्यो कसैको कारणले होइन । हाम्रो कारणले हो । हामी हाम्रो नेतालाई सम्मान गर्न जान्दैनौँ । हाम्रो इतिहाँसलाई स्मरण गर्न चाहँदैनौँ ।’
















प्रतिक्रिया