Logo

राजनीति

इतिहासले सम्झिने गरी सरकारले कयौं सहासिक र जनपक्षीय काम गरिरहेको छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले इतिहासले नै सम्झिने गरी कयौं सहासिक र जनपक्षीय कामको सुरुआत गरेको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले आफ्नो नेतृत्वको सरकारले इतिहास लेखिने गरी सामाजिक न्याय र सुशासनको पक्षमा काम गरेको बताएका हुन् ।

आज पार्टीको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ कार्यक्रमको भर्चुअल रुपमा उद्घाटन गर्दै प्रचण्डले भने, ‘सरकारले इतिहासले नै सम्झिने गरी कयौं सहासिक र जनपक्षीय कामहरु अगाडि बढाएको छ ।’सरकारले विकास र समृद्धिलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उनले अहिले जनतामा निराशा टरेर आशा र भरोभाको वातावरण बढेको दाबी गरे ।

जनतामा सरकार र प्रणालीप्रतिको विश्वास बढ्दै गएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन तस्करी प्रकरणको कारबाहीले राज्य शक्तिको दुरुपयोगबाट भएका अपराध कर्मको पर्दाफास गरिएको बताए ।

प्रचण्डले पार्टीको रुपान्तरण अभियानले पार्टीलाई सक्षम बनाउने विश्वास व्यक्त गरे । सिंगो पार्टी एकढिक्का भएर अघि बढे सबै चुनौतीको सामना गर्न सकिने बताउँदै उनले देशैकै बलियो पार्टीका रुपमा रुपान्तरण गर्न सकिने दाबी गरे । पार्टीको जीवनका लागि र देशको उज्वल भविष्यका लागि यो अभियान सुरु गरेको भन्दै प्रचण्डले यसले जनसम्बन्ध बलियो बनाउने बताए ।

 

  • याे पनि…

माओवादीको ‘जनतासँग मा‌ओवादी विशेष रुपान्तरण अभियान’ आजदेखि

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार १०:५३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।