Logo

खेलकुद

पाकिस्तानविरुद्ध अर्धशतक हानेका ईशान किशनको विकेट पतन



काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत आज दुई चरिप्रतिद्वन्द्वी भारत र पाकिस्तान खेलिरहेका छन् । श्रीलंकको पाल्केले स्टेडियममा टस जितेर पहिले ब्याटिङ राजेको भारतले पाँचौं विकेटका रुपमा ईशान किशनलाई गुमाएको छ ।

८१ बलमा ८२ रन बनाएका ईशानको विकेट पाकिस्तानका ह्यारिस रफले लिएको हुन् । यसअघि भारतले शुबमन गिललाई चौथो विकेटका रुपमा गुमाएको थियो । गिल ३२ बलमा १० रन बनाएर आउट भएका हुन् ।

त्यसअघि भारले श्रेयस लेयेरलाई ९ बलमा १४ रनमा गुमाएको थियो भने कप्तानसमेत रहेका ओपनर रोहित शर्मा २२ बलमा ११ रन र विराट कोहलीलाई ७ बलमा मात्र ४ रन गुमाएको थियो ।

अहिले क्रिजमा हार्दिक पाड्या र रविन्द्र जडेजा छन् । हार्दिकले अर्धशतक प्रहार गरिसहेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार १९:१५   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।