Logo

अर्थ

२९.८१ अंकले घट्यो सेयर बजार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २९.८१ अंकले घटेर १९६०.७८ को विन्दुमा झरेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०९ अंकले घटेर ३७६.६२ को विन्दुमा झरेको छ । एक अर्ब १८ कराेडको कारोबार भएको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २७६ कम्पनीका ४० लाख ५३ हजार ३६८ कित्ता सेयर एक अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँमा कारोबार भएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आईतवार १५:४४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।