Logo

खेलकुद

नेपालका दुवै ओपनरले पाए जीवनदान, क्याचबाट जोगिए



काठमाडौं । श्रीलंकामा जारी एसिया कपमा भारतविरुद्ध नेपालका दुवै ओपनरले सुरुआतमै जीवनदान पाएका छन् । क्यान्डीस्थित पाल्लेकेले स्टेडियममा टस हारेपछि ब्याटिङमा उत्रिएको नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्याच आउट हुनबाट जोगिएका हुन् ।

मोहम्मद सामीले गरेको पहिलो ओभरको छैटौँ बलमा कुशल भुर्तेलको क्याच स्लिपमा श्रेयस ऐयरले छोडेका थिए । त्यसपछि दोस्रो ओभरको पहिलो बलमा मोहम्मद सिराजले गरेको बलमा आसिफ शेखको क्याच विराट कोहलीले छोडेका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १५:४०   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।