Logo

खेलकुद

नेपालकाे दाेस्राे विकेट पतन, भीम सार्की ७ रनमा आउट



काठमाडौं । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा आज (सोमबार) नेपालले भारतको सामना गरिहेको छ । आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक सोमबार भारतसँग प्रतिस्पर्धा गरिरहेको हो ।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले राम्रो सुरुवात गरेको भएपनि नेपालले दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटमा रुपमा नेपालले भीम सार्कीलाई गुमाएको हो ।

भीमको विकेट भारतका रविन्द्र जडेजाले लिए । भीम १७ बलमा ७ रन बनाएर आउट भएका हुन् ।

यसअघि ओपनर कुशल भुर्तेललाई नेपालले पहिलो विकेटका रुपमा गुमाएको थियो । उनको विकेट शार्दुल ठाकुरले लिएका थिए । आक्रामक ब्याटिङ गरेका कुशलले २५ बलमा ३८ रन बनाएर आउट भएका हुन् । कुशलले ३ चौका र दुई छक्का प्रहार गरे ।

अहिले क्रिजमा कप्तानसमेत रहेका रोहित पौडेल र आसिफ शेख छन् । यो समाचार तयार पार्दासम्म नेपालले १७ ओभरमा दुई विकेट गुमाएर ८७ रन बनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १६:२८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।