काठमाडौं । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा आज (सोमबार) नेपालले भारतको सामना गरिहेको छ । आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक सोमबार भारतसँग प्रतिस्पर्धा गरिरहेको हो ।
श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले सातौं विकेट गुमाएको छ । सातौं विकेटका रुपमा नेपालले दिपेन्द्रसिंह ऐरीलाई गुमाएको हो । उनले तीन चौकाको सहयोगमा २५ बलमा २९ रन जोडे ।
ऐरीको विकेट भारतका भारका हार्दिक पांण्याले लिएका हुन् । अहिले क्रिजमा सोमपाल कामी र सन्दीप लामिछाने छन् ।




















प्रतिक्रिया