Logo

प्रमुख समाचार

६१ किलो सुन तस्करी प्रकरण : पूर्व उपराष्ट्रपति पुत्र दीपेश सँग सीआईबीले लियो बयान



काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पनि मुछिएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दीपेशमाथि अनुसन्धान सुरु गरेको छ ।

तस्करीमा कनेक्सन देखिएपछि सीआईबीले दीपेशको बयानसमेत लिइसकेको स्रातले जानकारी दियो । स्रोतका अनुसार उनलाई आइतबार सीआईबीमा बोलाएर सोधपुछ गरिएको थियो ।

पुन नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव हुन् ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलवार १४:५४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।