Logo

प्रमुख समाचार

कांग्रेस सह–महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार



काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा सहभागी भएर निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहारबाट घाइते यादवलाई ट्रमा सेन्टरमा पुर्‍याइएको छ । यादवमाथि खुकुरी प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ  । प्रहरी स्राेतका अनुसार पक्राउ पर्नेमा नुवाकाेटका श्यामबाबु सापकाेटा छन् । खुकुरी प्रहार के कारणले भयाे भन्नेबारे खुलिनसकेको प्रहरीले जनाएको छ ।

नुवाकोट जिल्ला बिदुर नगरपालिका-७ बस्ने ४७ वर्षीय सापकोटा केही समयअघि संयुक्त जनआन्दाेलन माेर्चाका हुन्, जुन माेर्चा केही समयअघि कमल थापा नेतृत्वकाे राप्रपा नेपालमा समाहित भएकाे छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद  ढुंगेलका अनुसार उनी आफूलाई अभियन्ता पनि भन्ने गर्छन् ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १४:४१   :  बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।