काठमाडाैं । एसिया कप क्रिकेटको शीर्ष ४ को खेलमा पाकिस्तान विजयी भएको छ ।
लाहोरको गद्दाफी स्टेडियममा गएराति भउकाे खेलमा बंगलादेशमाथि पाकिस्तानले ७ विकेटको जित हात पारेकाे हाे । बंगलादेशले दिएको १९४ रनको लक्ष्य पाकिस्तानले ३९.३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।
पाकिस्तानका ओपनर इमाम उल हकले सर्वाधिक ७८ रन बनाए भने मोहम्मद रिजवान ६३ रनमा नट आउट रहे । बंगलादेशका मेहेदी हसन, शोरिफुल इस्लाम र तस्किन अहमदले एक/एक विकेट लिए ।
त्यसअघि लाहोरमा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेश ३८ ओभर ४ बलमा १ सय ९३ रनमा अल आउट भयो । बंगलादेशका लागि विकेटकिपर मुश्फिकुर रहिमले ६४ र कप्तान सकिब अल हसनले ५३ रन बनाए ।
पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले ४ र नसिम शाहले ३ विकेट लिए । सुपर फोरमा पुगेका पाकिस्तान, बंगलादेश, भारत र श्रीलंकाले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।
















प्रतिक्रिया