Logo

प्रमुख समाचार

गृहमन्त्रीलाई गगन थापाको प्रश्न- हामी एक्लै हिँड्न नहुने हो ?



 काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर उनले यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको भन्दै विरोध गरे ।

कार्यक्रममा महेन्द्र यादवले के बोलेका थिए भन्ने विषयलाइ ल्याएर घटनालाई सामान्य बनाउन खोजिएको भन्दै थापाले विरोध जनाएका हुन् ।

‘कसैलाई मन नपर्ने कुरा बोल्दैमा सांघातिक आक्रमण गर्ने कुरालाई जायज ठहर्‍याउन सक्छ ?’ कांग्रेस महामन्त्रीसमेत रहेका थापाले भने ।

उनले काठमाडौंमा एक्लै हिँड्न मिल्ने नमिल्नेबारे गृहमन्त्रीलाइ प्रश्न समेत गरे ।

‘कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ, के हामीले एक्लै हिँड्न नमिल्ने भएको हो ?,’ उनले भने, ‘काठमाडौंमा संविधानसभाको सदस्य भएको व्यक्ति सार्वजनिक कार्यक्रममा सहभागी भएर आउँदै गर्दा उ सुरक्षित छैन भने प्रधानमन्त्री र गृहमन्त्रीलाई यो विषयले पोल्नु पर्छ कि पर्दैन ?’

उनले असन्तुष्टीलाई सम्झाएर भन्दा असन्तुष्टलाई भजाएर अराजकता मच्चाउने पहलकदमी भइरहेको छनक देखिएको बताए ।

विभिन्न कार्यक्रमहरूमा प्रधानमन्त्री र गृहमन्त्रीले ठूला ठूला भाषण मात्रै गरेर नहुने थापाको भनाइ छ ।

कान्ती बाल अस्पतालमा उपचारका लागि लाइन बस्दा बस्दै बच्चाको मृत्यु भएको घटनाको पनि सत्यतथ्य छानबिन गर्न सांसद थापाले माग गरे ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १४:०५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।