Logo

प्रमुख समाचार

महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग पार्टीको सम्बन्ध छैन : राणा



काठमाडौं । राप्रपाका नेता धवलशमशेर राणाले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति पार्टीको सम्बन्ध नभएको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै राणाले रिपोर्टस क्लबको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा यादवमाथि आक्रमण भएको आफ्नै आँखाले देखेको भन्दै सो व्यक्तिलाई हदैसम्मको कारबाही हुनुपर्ने बताए ।

उनले राप्रपा हिंसाको राजनीतिमा विश्वास नगर्ने समेत बताए । ‘राप्रपा हिंसाको राजनीतिप्रति कहिल्यै विश्वास गर्दैन।’ राणाले बताए ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १४:१७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।