Logo

प्रमुख समाचार

तरुण दलले माग्यो गृहमन्त्रीको राजीनामा



काठमाडौं । नेपाल तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ ।

देशमा सुशासन कायम गर्न नसकेको र दिनदहाडै आफ्ना नेतामाथि खुकुरी प्रहार हुने अवस्था आएको भन्दै नेपाल तरुण दलले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको हो । नेपाली काङ्ग्रेसका सह–महामन्त्री तथा नेपाल सरकारका पूर्वमन्त्रीसमेत रहेका महेन्द्र यादवलाई हिजो दिउँसो काठमाडौंको भृकुटीमण्डमा खुकुरी प्रहार भएको थियो ।

कांग्रेसले त्यही विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग गरेको हो । उक्त साङ्घातिक आक्रमणको बिरोधमा नेपाली काङ्ग्रेस पार्टी कार्यालय सानेपामा उपस्थित तरुण दल केन्द्रीय सदस्यहरुको भेलाले भोलि शुक्रबार दिउँसो बिरोधसभा गर्ने जनाएको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले शान्ति बाटिका रत्नपार्कमा उपस्थित भएर बिरोधसभा गर्ने र बागबजार, पुतलीसडक हुँदै फेरि रत्नपार्कमा आएर उक्त बिरोधसभा कोणसभामा परिणत हुने जानकारी दिए ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १५:४८   :  बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।