Logo

प्रमुख समाचार

राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित



काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । अर्को बैठकको मिति र समय राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले पछि निर्धारण गर्ने गरी अनिश्चितकालका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ती निकालेर राष्ट्रियसभाको अध्यक्षले अर्को सूचनाद्धारा तोक्ने मिति र समयमा बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिएका छन् ।

राष्ट्रियसभामा ३ वटा बिद्येयकहरु बिचाराधीन छ । अध्यागमन बिधेयक विद्यायन ब्यवस्थापन समितिमा दफावार छलफल गरी प्रतिवेदन सभामा पेश भइसकेको छ । विद्युतीय कारोबार सम्बन्धी विद्येयक र राष्ट्रिय मर्यादा सम्बन्धी विद्येयक विधायन व्यवस्थपन समितिमा दफावार छलफलमा छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार १५:१७   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।