Logo

अर्थ

कामना सेवा विकास बैंक र सीजी मोटर्सबीच कर्जा सेवासम्बन्धी सम्झौता



काठमाडौं । कामना सेवा विकास बैंकले विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सीजी मोटर्स प्रालिसँग शुक्रबार सम्झौता गरेको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकका तर्फबाट नायब कार्यकारी अधिकृत विनय दाहाल र सीजी मोटर्सका तर्फबाट कार्यकारी अधिकृत हेमन्त अग्रवालले एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापश्चात सीजी मोटर्सका विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार १७:४०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।