काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपालका लागि चिनियाँ राजदूत चेन सोङले केही दिनअघि दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएको बताएका छन् ।
आइतबार नेपाल प्रेस युनियन रामेछापले गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले भारत र चीन दुवै देश नेपालका असल छिमेकी रहेको उल्लेख गर्दै काठमाडौंमा रहेर एकले अर्काको विषयमा टिप्पणी गर्नु कूटनीतिक मर्यादाविपरीत हुने बताए । नेपाल–भारतबीच कूटनीतिक सम्बन्ध मात्र नभएर सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक समेत रहेकाले सम्बन्धको बारेमा राजदूत चेनले यसरी कुरा उठाउन नमिल्ने बताए ।
उनले पार्टीमा रहेका समस्या समाधान गर्न आफ्नो प्रयास रहने बताए । ‘वर्षा सकिएको छ । अब छिट्टै म देश दौडाहामा जाने तयारीमा छु,’ उनले भने, ‘जनताको चाहना के छन्? त्यसलाई बुझेर कांग्रेसले अघि बढ्न सक्नुपर्छ ।’
नेता कोइरालाले कोशी प्रदेशमा दलहरुको असमझदारीका कारण समस्या उत्पन्न भइरहेको भन्दै सबै दल मिलेर समस्या समाधान गर्नुपर्ने बताए ।




















प्रतिक्रिया