काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्रको विवाद २ वर्षपछि मिलेको छ ।
आज प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिव वर्षमान पुन अनन्त र अखिल क्रान्तिकारीका फ्रयाक्सन इन्चार्ज हिमाल शर्माको उपस्थितिमा विद्यार्थी नेताहरुसँग भएको छलफलपछि विवाद समाधान नजिक पुगेको दाबी नेताहरुको छ ।
अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका शर्माले बैठकपछिको तस्वीर सामाजिक सन्जालमा सार्वजनिक गर्दै अखिल क्रान्तिकारी एकताबद्ध भएको र यो आफ्ना लागि खुसीको क्षण भएको लेखेका छन् ।
क्रान्तिकारीको २२ औं सम्मेलनमा संगठनमा संगठनात्मक समस्या रहेको आरोप लगाउँदै उपाध्यक्ष पवन कार्की नेतृत्वको समूहले समानान्तर गतिविधि गर्दै आएका थिए ।
आठ बुँदे सहमतिमा विद्यामान केन्द्रीय समितिलाई पदाधिकारी कायम राखी २३ औं राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गर्ने, आयोजक समितिमा पदाधिकारी विस्तार गर्ने लगायत सहमतिका आधारहरू प्रस्तुत गरिएको छ ।
यस्ता छन् ८ बुँदे सहमतिका आधार





















प्रतिक्रिया