Logo

खेलकुद

क्रिकेटर ललित राजवंशीका लागि भारतीय उद्यमी अनुपम मित्तलले ब्याट प्रायोजन गर्ने



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर ललित राजवंशीका लागि भारतीय उद्यमी अनुपम मित्तलले ब्याट प्रायोजन गर्ने भएका छन् । उद्यमी मित्तलले सामाजिक सञ्जाल एक्समा आईसिसी एसिया क्रिकेट नामक ह्यान्डलबाट ललितबारे भएको पोस्टमा प्रतिक्रिया दिँदै ब्याट दिने बताएका छन्।

उक्त पोस्टमा ललितले हालैको एक अन्तर्वार्तामा आफूसँग नेटमा अभ्यास गर्नका लागि ब्याट भएको तर अन्तर्राष्ट्रिय खेलका लागि राम्रो ब्याट नभएको बताएको उल्लेख थियो। उक्त पोस्टमा मित्तलले राजवंशीलाई ब्याट जरुरी भएको भए आफूले दिने बताएका थिए।

जसमा आईसीसी एसिया क्रिकेटले प्रायोजनका लागि अनुरोध गर्दा ललितसँग सम्पर्क गराइदिन आग्रह गरेका छन् र ब्याटमा प्रायोजन गर्ने उल्लेख गरेका छन्।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार १५:०५   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।