Logo

अर्थ

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?



काठमाडाैं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ ।

आज सुनको मूल्य आठ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज छापावाला सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ६५० रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य मंगलबार स्थिर रहेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको  थियो।

आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँ कायम भएको छ । हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार ११:४१   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।