Logo

प्रमुख समाचार

शिक्षकको विशिष्ट श्रेणीको विशेष दरबन्दी सिर्जना हुने



काठमाडौं । सरकारले शिक्षकको विशिष्ट श्रेणीको विशेष दरबन्दी सिर्जना गर्ने प्रस्तावसहितको विधेयक ल्याएको छ । बुधबार संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा शिक्षकको विशिष्ट श्रेणीको विशेष दरबन्दी सिर्जना गर्न सकिने व्यवस्था छ ।

‘सरकारले विद्यालय शिक्षक सेवाको माध्यमिक तहतर्फ प्रत्ये प्रदेशमा बढीमा दुई वटा विशिष्ट श्रेणीको विशेष दरबन्दी सिर्जना गर्न सक्ने छ,’ विधेयकमा उल्लेख छ । यो दरबन्दी प्रदेशमा दुई’दुई वटामात्रै हुनेछ । विद्यमान ऐनअनुसार माध्यामिक तहहमा पहिलो, दोस्रो र तेस्रो श्रेणीको दरबन्दीको व्यवस्था रहेको छ ।

विशिष्ट श्रेणीको पदका लागि स्नातकोत्तर तह उत्तीर्ण गरेका माध्यामकि तहमा प्रथम श्रेणीमा १५ वर्षभन्दा बढी सेवा गरेका कार्यरत शिक्षकलाई बढुवा गरिनेछ । ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा बढुवा गर्ने प्रस्ताव विधेयकमा गरिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार १७:२८   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।