काठमाडौं । राष्ट्रपति कार्यालयले संविधान दिवसका दिन ३४ जनालाई माफी मिनाहा दिन सरकारले गरेको सिफारिसप्रत थप स्पष्टता खोजेको छ । राष्ट्रपति कार्यालयले गृह मन्त्रालयलाई पत्र खेल्दै आधार स्पष्ट लेखेर पठाउन तथा माफी मिनाहका लागि प्रस्ताव गरिएका ३४ जनाकै व्यक्तिगत विवरण पनि माग गरेको छ ।
गृहले संविधान दिवस (असोज ३ गते) को अवसरमा ३४ जनालाई माफी मिनाहाका लागि राष्ट्रपति कार्यालयमा सिधै सिफारिस गरेको छ । तर कानुनमा भएको सामान्य छिद्रको प्रयोग गर्दै ‘कानुन विपरीत’ गम्भीर प्रकृतिका अपराधमा सजायका लागि फैसला भएका तर पक्राउ नपरेका ३४ जनालाई माफी मिनाहाका लागि सिफारिस गरिएको भन्दै राष्ट्रपति कार्यालयले त्यसको स्पष्ट आधार माग गरेको हो ।
संविधान दिवसको अवसर पारेर विभिन्न काण्डमा दोषी देखिएका ३४ जनालाई माफी दिनेगरी गृह मन्त्रालयले पाँच दिन अघि राष्ट्रपतिसमक्ष प्रस्ताव पेस गरेको थियो । अधिकांश ज्यानमुद्दा, तस्करी, सहकारी ठगीलगायतका मुद्दामा सजाय तोकिएका व्यक्तिहरु छन् ।
यसअघि गणतन्त्र दिवसको अवसरमा सजाय मिनाहा गरिएका रेशम चौधरीका विषयमा गम्भीर आलोचना खेपेको राष्ट्रपति कार्यालयले यसपटक भने थप स्पष्टता माग गरेको हो ।
















प्रतिक्रिया