Logo

खेलकुद

सन्दीप विरुद्धको मुद्दामा आज पनि भएन सुनुवाइ



काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ सोमबार पनि स्थगित भएको छ ।

जिल्ला अदालत काठमाडौंका केही न्यायाधीश बढुवा भएर जान लागेको, केहीको सरुवा भएको र केही तीजको कारण विदामा रहेकाले सुनुवाइ स्थगित भएको हो ।

नाबालिका बलात्कारको आरोप लागेका सन्दीप विरुद्धको मुद्दाको सुनुवाइ पटक पटक स्थगित हुँदै आएको छ । अब अर्को सुनुवाइको मिति तोकिएको छैन ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार ११:३९   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।