Logo

अर्थ

सामान्य अंकले घट्याे सेयर बजार



काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा सामान्य गिरावट आएको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक १.९४ अंकले घटेर ३८३.६७ को विन्दुमा झरेको छ । कारोबार रकम हिजोको तुलनामा घटेर साढे १ अर्ब रुपैयाँ बढीको भएको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २८४ कम्पनीका ६५ लाख १६ हजार ६ कित्ता सेयर १ अर्ब ५६ करोड ५५ लाख ७३ हजार ४७२ रुपैयाँमा किनबेच भएका छन् ।

त्यसैगरी, जलविद्युत समूह ०.९२ प्रतिशतले उकालो लाग्दा म्युचुअल फन्ड समूहमा ०.३८ प्रतिशतको बढोत्तरी भएको छ ।

आज लगानी समूह सर्वाधिक ०.९५ प्रतिशतले ओरालो लागेको छ । जीवन बीमा समूह ०.७३ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.३५ प्रतिशत, विकास बैंक समूहमा ०.१० प्रतिशत, वित्त समूहमा ०.१० प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.६३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४३ प्रतिशत, लघुवित्त समूहमा ०.६१ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.५२ प्रतिशत, अन्य समूहमा ०.२१ प्रतिशत र व्यापार समूहमा ०.२१ प्रतिशतको गिरावट आएको छ ।

आज सन नेपाल लाइफको सर्वाधिक ७ करोड ६८ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

त्यसैगरी, रिलायब नेपाल लाइफको ६ करोड ५८ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको ४ करोड ६३ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ४९ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ३ करोड ४३ लाख रुपैयाँ, अप्पर लोहोरे खोला जलविद्युतको ३ करोड १६ लाख रुपैयाँ, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ३ करोड ४ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ९७ लाख रुपैयाँ, आईएमई लाइफको २ करोड ४३ लाख रुपैयाँ र कामना सेवा विकास बैंकको २ करोड ४० लाख रुपैयाँ बढीको सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार १६:०३   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।