काठमाडौं । साताको तेस्राे कारोबार दिन सेयर बजार दाेहाेराे अंकले बढेको छ ।
यस दिन सेयर बजार मापक नेप्से परिसूचक १८.४५ अंकले बढेर २०२२.९१ को बिन्दुमा रोकिएको छ । सेन्सेटिभ परिसूचक पनि २.५६ अंकले बढेर ३८६.२४ बिन्दुमा उक्लिएको छ ।
कारोबार अवधिभर २८६ कम्पनीको ८७ लाख ४ हजार ४७७ कित्ता सेयर २ अर्ब २९ करोड ३८ लाख ९ हजार ५१८ रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ ।
यस दिन १३ उपसूचकमध्ये अन्य सबै सूचकमा हरियाली छाएको छ । कारोबार भएका मध्ये १९० कम्पनीको सेयर मूल्य बढेको छ भने ३९ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज ६ कम्पनीको सेयर सर्किट लागेको छ । आज मेँछियम हाइड्रोपावर लिमिटेड, मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड, शुभम पावर लिमिटेड, मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र घलेम्दी हाइड्रो लिमिटेडको सेयरमा सर्किट लागेको छ ।




















प्रतिक्रिया