काठमाडौं । नेपाली क्रिकेट टोलीले मंगोलियाविरुद्ध ऐतिहासिक जित हात पारेको अवसरमा नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले बधाइ एवं शुभकामना दिएका छन् ।
उनले सामाजिक सन्जालमार्फत शुभकामना दिदै क्रिकेट खेलले राष्ट्रलाई गौरवान्वित बनाउँदै आज नेपाली दाजुभाइ दिदीबहिनिको शिर उच्च बनाएको बताए ।
गुरुङ्ले खेलाडी, व्यवस्थापक, कोच लगायत प्राविधिक टोलिलाई आगामी खेलको लागि पनि शुभकामना व्यक्त गरेका छन् । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको मंगलबार बिहान भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी अन्तरसहित पराजित गरेको थियाे ।





















प्रतिक्रिया