काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदमा रहेका पुराना दलहरूलाई रास्वपा बाहेकको सहमतिको सरकार बनाउन सुझाव दिएका छन् ।
आज सामाजिक सञ्जाल फेसबुक मार्फत सम्पूर्ण पुराना दलहरूलाई अपिल शीर्षकमा सबै दलहरू मिलेर सरकार बनाउन आग्रह गर्दै आफूहरू प्रतिपक्षमा बस्ने बताएका हुन् । रास्वपाबाहेकको सहमतिय सरकार बनाएर देशको तमाम समस्या सुल्झाउन पनि उनको चुनौती छ ।
‘देशमा व्याप्त बेथितिलाई ठीक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष तर्पाइंहरु सबै मिल्नुस,’ उनले भनेका छन्, ‘देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतीय सरकार बनाउनुस, हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं । यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर, थप अपराधीहरुलाई छुटाउने बचाउने हो त्यो तपाईंहरुको जिम्मा ।’
उनी थप्छन्,‘तर ‘मिशन ८४’ भनेर तपाईंहरुले भनेको त फिटिक्कै सुहाएन । तपाईको लागि त मिशन ८० नै छ त १ मिशन ०७ सालदेखि निरन्तर मिसन नै मिसन थियो त ११ केही नभए पनि मिसन ०६३ देखि त अवसर नै अवसर थियो होला । अझ मिसन ८०, मिसन ८१, मिसन ८२, मिसन ८३ छदै छ त १ यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ, लोकरिझ्याई वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस् । ४/४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता । जनताले तपाईंहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस् । ४ वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरुसँग ४/४ वर्ष छ । गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई । राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर !! कि तपाईंको कि हाम्रो । ४ वर्षअघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नु होला ।
















प्रतिक्रिया