काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘नबिल ब्यालेन्स्ड फन्ड–२’को लाभांश घोषणा भएको छ । फण्डले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको हो ।
योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङको सञ्चालक समितिको बिहीबार बसेको बैठकले यो म्युचुअल फन्डका इकाइधनीहरुलाई आर्थिक वर्ष २०७९–८०को नाफाबाट करसहित ९.६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअनुसार इकाइधनीहरुलाई कुल १० करोड ७५ लाख २० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने योजना व्यवस्थापकले निर्णय गरेको हो ।
यस क्यापिटलले लाभांश प्रयोजनका लागि असोज २६ गते बुक क्लोज गर्ने भएको छ ।





















प्रतिक्रिया