Logo

प्रमुख समाचार

कोशीमा मध्यावधि निर्वाचन भए एमालेले भारी बहुमत ल्याउँछ : ओली



विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा अस्थिरता निम्त्याउने काम सत्ता गठबन्धनबाटै भएको टिप्पणी गरेका छन् ।

कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्न विराटनगर आएका ओलीले पत्रकारहरूसँग कुराकानी गर्दै यस्ताे टिप्पणी गरेका हुन्।

साथै,उनले प्रदेशमा अहिले मध्यावधिमा जाने अवस्था नभएको समेत बताए ।

गठबन्धन सरकार जनताप्रति उत्तरदायी नभएको र सबै क्षेत्रमा अस्थिरता बढ्दै गएको उनकाे भनाइछ ।

‘तत्काल कोशी प्रदेश मध्यावधिमा जान्छ कि भन्ने आशंका भइरहेका छन्’, ओलीले भने, ‘तत्काल मध्यावधिमा जान सक्ने अवस्था रहँदैन ।’

यदि गठबन्धन दलका कारण मध्यावधिमा गएको अवस्थामा एमालेले कोशी प्रदेशमा भारी बहुमत ल्याउने उनको दाबी छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार ०७:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।