Logo

खेलकुद

पदकको आश गरिएको पब्जीमा पनि नेपालकाे हार



काठमाडौं । एसियन गेम्समा पदकको आश गरिएको इ–स्पोर्ट्सको एलिटको रुपमा रहेको पब्जी मोबाइलमा नेपालले हार बेहोरेको छ । समूह सीको उपविजेता हुँदै सेमिफाइनलमा स्थान बनाएको नेपाली टिमले फाइनल चरण पार गर्न सकेन ।

समूह एको सेमिफाइनलमा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पछि पर्दै नेपाल फाइनल चरण पुग्न बञ्चित बन्यो । नेपालले तेस्रो स्थानमा रहेको छ । समूह एको चार टोलीमा जापान अन्तिम स्थानमा रह्यो ।

नेपालले ५४ मिनेट ३३ दशमलव ३४६ सेकेन्डको समय निकाल्यो । नेपाल भन्दा अघि रहेको ताइपेले ५२ मिनेट १९ दशमलव ३९३ सेकेन्ड र शीर्ष स्थानको कोरियाले ५० मिनेट ३७ दशमलव १५१ सेकेन्डको समय निकाल्यो । चौथों स्थानमा रहेको जापानले ५४ मिनेट ४२ दशमलव ५३१ सेकेन्डको समय निकालेको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार ११:२२   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।