Logo

प्रमुख समाचार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच बालुवाटारमा छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको छ ।

प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश वर्तौलासहित बालुवाटार पुगेका हुन् ।

आज प्रतिनिधि सभाको बैठक बस्दैछ । उक्त बैठक सञ्चालनका लागि प्रधानमन्त्री प्रचण्डले एमालेसँग छलफल गरेका हुन् ।

दलहरूबीच भएको सहमतिअनुसार सरकारले सुन तस्करी जाँचबुझ गर्न उच्चस्तरीय आयोग नबनाएको भनेर प्रमुख प्रतिपक्षी लगायत विपक्षी दलहरू रूष्ट छन् । छलफल यही विषयमा केन्द्रित रहेको बुझिएको छ ।

दिउँसो १ बजे बस्ने संसद् बैठकअघि दलहरूबीच सहमति खोज्ने प्रयास गर्न लागिएको हो ।

सात राजनीतिक दल र सरकारबीच गत भदौ ६ गते सुन तस्करी छानबिन गर्न आयोग बनाउने सहमति भएको हो । आयोगले असोज ५ गतेदेखि काम थाल्ने भनिएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आईतवार १०:३४   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।