काठमाडौं । सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ७ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ४०० रुपैयाँ कायम भएको छ ।
हिजो आइतबार पनि सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ३४० रुपैयाँ कायम भएको छ । हिजो तोलामा ३५ रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया