Logo

राजनीति

लोसपाको जम्बो पदाधिकारी बैठक बस्दै



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक आज बस्ने भएको छ । ६३ जना पदाधिकारीको त्यो बैठक बुद्धनगरको एक पार्टी प्यालेसमा बस्न लागेको हो ।

लोसपाले असोज ८ गते ३११ सदस्यीय कार्य समिति सार्वजनिक गर्दा त्यसमा ६३ जना पदाधिकारी छन् । ६३ जनामा १६ जना महासचिव नै रहेका छन् ।

केन्द्रीय समितिमा एक जना अध्यक्षसहित तीन जना वरिष्ठ नेता, एक जना वरिष्ठ सहअध्यक्ष, छ जना वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष मात्र १५ जना सहमहासचिव आठ जना, सचिव ११ जना, कोषाध्यक्ष दुई जना, प्रवक्ता एक जना, र सह कोषाध्यक्ष एक जना रहेका छन् ।

लोसपाका सचिव मनिष मिश्रका अनुसार पदाधिकार चयन भएपछिको यो पहिलो बैठक हो, यो बैठकले पार्टी सङ्गठन तथा समसामयिक विषयमा छलफल गर्ने बताए ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार १०:३४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।